दफा १८
विद्यापरिषद् र विषय समिति

(१) प्रत्येक स्कूलमा शैक्षिक तथा प्राज्ञिक कार्यक्रमहरूको सञ्चालनको लागि एक विद्यापरिषद् रहनेछ ।

(२) प्रत्येक स्कूलमा सञ्चालन हुने विभिन्न शैक्षिक तथा प्राज्ञिक विषयको पाठ्यक्रम निर्धारण गर्नको लागि स्कूलको विद्या परिषद् अन्तर्गत विभिन्न विषय समितिहरू रहनेछन् ।

(३) विद्यापरिषद् र विषय समितिको गठन, अन्य काम, कर्तव्य र अधिकार तोकिएबमोजिम हुनेछ ।